Sunday, December 30, 2012

गजल

तिमीले गाउने उदास गीत हुँ म
कसैले हारेकेा नमीठेा जीत हुँ म

तान या च्यात अक्षर पखालिएकेा
तिनै चिठ्ठीकेा धमिलेा प्रित हुँ म

थामेर हत्केलामा राखेर के गर्छैा
तिम्रेा प्यास मेट्न नसक्ने सीत हुँ म

भिज्यैा, नभेटीने रित्तेा पर्खार्इ तिम्रेा
जिवन हारेकेा निर्लज्ज रीत हुँ म

No comments:

Post a Comment